‘फ्लेम अवार्ड २०२४’ मा विज्ञापन एजेन्सी भि–चित्र सम्मानित

Image

काठमाडौं – ‘रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया’ले हालै भारतमा आयोजना गरेको ‘फ्लेम अवार्ड २०२४’ मा नेपाली विज्ञापन एजेन्सी ‘भि–चित्र’ले २ स्वर्ण र १ रजत पुरस्कारका साथ सम्मानित भएको छ । भि–चित्रले चाउचाउ ब्राण्ड वाइवाइको लागि सञ्चालन गरेको ‘हामी सबैको मनमा वाइवाइ’ उत्कृष्ट लामो अवधिको अभियान र कपालको हेरचाह सम्बन्धीको ब्राण्ड ‘लिभोन’को लागि गरिएको अभियान ‘किप योर कलर्स’ वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको हो ।

यसका साथै भि–चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ क्याम्पेन घोषित हुँदै सिल्भर अवार्डद्वारा सम्मानित भएको छ । भि–चित्र डिजिटल मिडिया र कन्टेन्ट स्ट्राटेजी प्रमुख रसना डंगोलले नेपाली उपभोक्ताको दृष्टिकोण टेक्नोलोजीको वृद्धि र परिवर्तनशील मार्केटिङ परिदृश्यको साथ विकसित भइरहेको बताइन् ।
एजेन्सीका ग्राहकसम्बन्ध प्रमुख अनुपम श्रेष्ठले विज्ञापनले पुस्ताहरूलाई जोड्ने बताए ।

‘हामी सबैको मनमा वाइवाइ’ यसैको एउटा प्रमुख उदाहरण भएको उनको भनाइ छ ।
नेपाली विज्ञापन क्षेत्रको विकास, नवीन सोच र कार्यान्वयन रणनीतिमार्फत् अन्तरराष्ट्रिय एजेन्सीसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने कुराको प्रमाण एजेन्सीले प्राप्त गरेको पुरस्कार भएको उनको भनाइ छ ।

 

Tags: