कृषिमन्त्री अधिकारी र चीनका राजदूत चेन सोङ्गबीच भेट, भैंसीको मासु निर्यातमा सहजीकरण

Image


काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र  नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत चेन सोङ्गबीच बिहीवार भेटवार्ता भएको  छ  ।  

राजदूत चेन र मन्त्री अधिकारीबीच भएको छलफलमा नेपालवाट भइरहेको  र हुन सक्ने  कृषि उपज र  मासूजन्य वस्तुको निर्यातलाई सहजीकरण गरिदिन मन्त्री अधिकारीले राजदुत सोङ्गलाई आग्रह गरे  । नेपालबाट चीनमा थर्मल प्रशोधित भैंसीको मासु निर्यात गर्नको लागि चीनको भन्सार प्रशासनसँग आवश्यक समन्वय भएको उल्लेख गर्दै मन्त्री अधिकारीले त्यससम्बन्धी प्रोटोकल नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भई चिनियाँ पक्षमा पठाई सकिएकाले  त्यस प्रोटोकलमा हस्ताक्षर गर्न तथा कार्यान्वयन गर्न राजदूतबाट विशेष पहल हुने अपेक्षा व्यक्त गरे ।

मन्त्रालयले औषधिजन्य वनस्पति निर्यातको लागि चीनको भन्सार प्रशासनसंग समन्वय भएको र याक तथा चौरीको नश्ल सुधार तथा मूल्य श्रृंखला प्रवर्द्धन गर्नको लागि चीन सरकारसंग अनुरोध गरिएको  जनाएको छ । भेटमा मन्त्री अधिकारीले नेपालमा विशेषगरी कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएको हुनाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण  हुने  अपेक्षा लिएको बताए ।

 दुई देशबीच भएको  विभिन्न समझदारी र अन्य विषयमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्न  सकिने आशा  मन्त्री अधिकारीले  राजदुत सोङ्ग समक्ष  व्यक्त गरे  ।

भटवार्ताका क्रममा राजदुत सोङ्गले  कृषि क्षेत्रमा चीनले  ठुलो  उपलब्धी हासिल गरेको  चर्चा गर्दै नेपाल सरकाले  विशेष गरी  कृषि क्षेत्रको  उत्थानका लागि चालेको  कदममा चीनको  सहयोग रहने प्रतिबद्दता व्यक्त गरे ।  च्याउको  खेतीवाट चीनको  गरिबी घटाउन सहयोग पुगेको  भन्दै राजदुत सोङ्गले  मन्त्रालय समक्ष आफनो  तर्पmवाट राखेको यस्तै प्रस्ताव स्वीकृत भए यसका लागि चीन सहयोग गर्न तयार  रहेको जानकारी गराए।  राजदुत सोङ्गले च्याउ खेतीमार्फत गरिबी उत्थानमा सहयोग पुग्ने  चिनियाँ प्रस्ताव मन्त्री अधिकारी समक्ष हस्तान्तरण गरे ।  

 

 

 

 

Tags: