हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छूट सम्झौता

Image

काठमाडौं – आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र पछिल्लो समयमा जिपलाइन, बन्जी लगायतका साहसिक क्रियाकलापको लागि चर्चित ठाँउ हो पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित हार्नेस जिपलाइन ।

आन्तरिक तथा बाह्य पर्यटनको प्रशस्त सम्भावना बोकेको सहासी पदमार्गी माझ लोकप्रिय गन्तब्य, भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट भएको लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरस्थित गेट वे हिमालय रिसोर्टको प्रभु बैंकबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्ग लक्षित गरी उपलब्ध सेवामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहबीच हार्नेस जिपलाइनका प्रबन्ध निर्देशक सुनिल थापा, गेट वे हिमालय रिसोर्टका सञ्चालन प्रबन्धक नकुल गिरी र प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत–गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विधुतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा हार्नेस जिपलाइनमा उपलब्ध विभिन्न प्रकारका जिपलाइन, जाइन्ट स्विङ, कालिगण्डकीमा राफ्टीङ लगाएतका सेवामा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् ।

हार्नेस जिपलाइन पछिल्लो तीन वर्षदेखि सञ्चालनमा आएको र छोटो समयमा नै धेरै साहसिक मनलाई आकर्षित गर्न सफल भएको देखिन्छ । तथा गेट वे हिमालय रिसोर्ट प्रा.लि मा उपलब्ध आवासमा २० प्रतिशत र खाना र मनोरञ्जन लगायतका सेवामा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन्।

गेट वे हिमालय रिसोर्ट पछिल्लो एक दशकदेखि सञ्चालनमा आएको बेशीशहर जिल्लाकै सुविधा सम्पन्न रिसोर्टको रूपमा परिचित पाइन्छ तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा, २८५ एटीएम साथै ७० भन्दाबढी एक्सटेन्सन काउन्टर मार्फत करीब ३१ लाख भन्दाबढी ग्राहकलाई ‘विश्वास लिन्छौं विश्वास दिन्छौं’ नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

Tags: