बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारमा भाटभटेनीको १ करोडभन्दा बढीको सहयोग

Image

काठमाडौं – भाटभटेनी सुपर मार्केटले बाढी तथा पहिरो पीडितको राहत तथा उद्धारमा सघाउन सरकारमार्फत सहयोग गरेको छ । भाटभटेनीले १ करोड ११ लाख ११ हजार १११ सहयोग गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

उनले लेखेका छन्, ‘विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि १ करोड, ११ लाख, ११ हजार १११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद ।’
 

Tags: