स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको ३८औं वार्षिक साधारणसभा, २५ दशमलव ५ प्रतिशत लाभांश घोषणा

Image

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३८औं वार्षिक साधारणसभा मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सभामा बैंकले आर्थिक वर्ष २०२३÷२४ मा ४ दशमलव ७ अर्ब रुपैयाँ सञ्चालन मुनाफा गरेको जानकारी गराइएको थियो । यस अवधिमा बैंकले ३ दशमलव ३ अर्ब रुपैयाँ करपछिको शुद्ध नाफा कमाइएको बताइएको छ ।

यस आर्थिक वर्षमा इक्विटीमा १९ प्रतिशत प्रतिफल र प्रति शेयर आम्दानी ३४ दशमलव ७ रुपैयाँ गरेको बताइएको छ । सभाले सञ्चालक समितिको सिफारिसअनुसार बैंकले लगानीकर्तालाई १९ प्रतिशत नगद लाभांश र ६ दशमलव ५ प्रतिशत शेयर लाभांश गरी २५ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ, जसले लगानीकर्तालाई मूल्य प्रदान गर्ने बैंकको प्रतिबद्धता झल्काएको बताइएको छ ।

सभामा बैंककी अध्यक्ष जरीन दारुवालाले सबै लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी र अन्य सरोकारवालालाई निरन्तर सहयोगका लागि धन्यवाद दिएकी थिइन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल नेपालमा एक मात्र अन्तरराष्ट्रिय बैंकको रूपमा सन् १९८७ देखि हालसम्मको आफ्नोे इतिहासलाई लिएर नेपालको आर्थिक विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।

उनले भनिन्, ‘हाम्रो दक्षतामा केन्द्रित प्रयासले बैंकिङ उद्योगमै सबैभन्दा उच्च इक्विटी प्रतिफल १९ प्रतिशत हासिल गर्न सफल भएका छौं ।’ स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७० दशमलव २१ प्रतिशत र सर्वसाधारणको २९ दशमलव ७९ प्रतिशत शेयर स्वामित्व रहेको बताइएको छ ।

 

Tags: