मणिपुरमा भड्कियो हिंसा, ५ जनाको ज्यान गयो

Image

काठमाडौं – भारतको मणिपुरमा हिंसा भड्किँदा ५ जनाको ज्यान गएको छ । 

यहाँको जिरिबाममा उग्रवादी समूहले घरमा सुतिरहेका एक स्थानीय सहित पाँच जनाको गोली हानी हत्या गरेका हुन् । यो द्वन्द दुई हतियारधारी समूहबीच भएको बुझिएको छ । मृत्यु हुनेमा दुई सर्वसाधारण र ३ जना उग्रवादी नै भएको बताइएको छ । 

गतवर्ष देखि यस क्षेत्रमा हिंसा भड्किएको छ । जसमा हालसम्म २०० जनाको मृत्यु भएको बताइएको छ । यो क्षेत्र नेपाली भाषी र धेरै नेपाली समेत बसोबास गर्दै आएको क्षेत्र हो । हिंसाबाट नेपाली भाषी समेत चपैटामा पर्दै आएका छन् । एजेन्सी

Tags: