रास्वपा अर्घाखाँचीले दुई महिने विशेष कार्यक्रम संचालन गर्ने

Image

लक्ष्मण नेपाली

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले दुई महिने संगठन विस्तार विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पहिलो चरणमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने र त्यसपछि जिल्लाका सबै वडामा पुग्नेगरी संगठन विस्तार कार्यक्रम गर्न लागेको जिल्ला सभापति हरिप्रसाद भुसालले जानकारी दिए ।


“पहिलो चरणमा हामी जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गछौं”, सभापति भुसालले भने, “त्यसपछि विभिन्न टिम बनाएर वडा वडामा परिचालित गर्छौं ।”


राष्ट्रिय स्वतन्त्र पार्टीले माघ र फागुन महिनामा संगठन निर्माण विशेष महिनाको रूपमा लिएको भुसालले जानकारी दिए । अभियानको चरणमा जिल्लाका सबै वडा तथा पालिकामा तदर्थ समिति गठन गर्ने पार्टीको तयारी छ ।

 

 

 

Tags: