कोप–२९ लाई दाबाब दिन नेपालका १६ जिल्लामा र्याली
काठमाडौं। न्यायसंगत जलवायु वित्तको माग गर्दै शनिवार सडक दवाव र्याली सम्पन्न भएको छ । र्यालीमा जलवायु कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि, सीमान्तकृत समुदाय, अग्रपंक्तिका समुदाय, वन उपभोक्ता समूह, आदिवासी समूह, अपांगता भएका व्यक्तिहरू, ट्रेड युनियन, साना किसान लगायत संलग्न थिए ।
अजरबैजानको बाकुमा चलिरहेको कोप–२९ को सन्दर्भ पारेर दवाव र्याली आयोजना गरिएको बताइएको छ । र्यालीमा तत्काल जलवायु कार्यको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरिएको थियो । दबाब प्रदर्शनले ग्लोबल नर्थका सरकारलाई उनीहरूको ऐतिहासिक जलवायु ऋण तिर्न र ग्लोबल साउथप्रति उनीहरूको वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको बताइएको छ । काठमाडौंको भृकुटीमण्डपबाट शुरू भएको र्याली रत्नपार्कको शान्ति बाटिकासम्म पुगेर सम्पन्न भएको थियो । त्यस्तै ऐक्यवद्धताका लागि चितवान, धल्केबर ९मिथिला धनुषा०, विराटनगर, जनकपुर, पोखरा, लामजुङ, हेटौंडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा, सप्तरी, सुर्खेत र नेपालगञ्जमा एकसाथ पदयात्रा गरिएको बताइएको छ ।