आफ्नै प्रेमीद्वारा गोली हानी हत्या

Image

काठमाडौं – अमेरिकाको टेक्सासकी एक महिलालाई उनकै पूर्वप्रेमीले गोली हानी हत्या गरेका छन् । आफ्नो छोराको छैठौं जन्मदिनको पार्टीमा आफ्ना छोराछोरीको अगाडि उनको निर्मम रूपमा गोली हानी हत्या गरिएको हो।

२६ वर्षीया जालेन इस्टरलिङलाई उनको पूर्वप्रेमीले हत्या गरेका हुन, जोे बच्चाहरूका पिता थिए। द मिररका अनुसार सेप्टेम्बर १२ को साँझ उत्तरपूर्वी ह्युस्टनको एउटा घरमा उनको हत्या गरिएको थियो ।

स्थानीय समय अनुसार राति करिब ८ः३० बजे लक्सले रोडको ८२०० ब्लकमा बर्थडे पार्टीमा गोली चलेको थियो । गोली चल्दा उनका ४ र ६ वर्षका बालबालिका घरभित्र थिए । संदिग्ध घरमा आइपुगेर ढोकामा इस्टरलिङसँग बहस गरेका थिए । केही क्षणमा उनले गोली चलाएका थिए ।

गोली प्रहार गरेपछि संदिग्ध घटनास्थलबाट भागेका थिए । प्रहरी घटनास्थल पुग्दा उनी फरार भइसकेका थिए । उनी फरार छन् र प्रहरीले उनलाई घटनाको बारेमा जानकारी दिन आउन प्रहरीले आग्रह गरेको छ ।

 

Tags: