समृद्धि फाइनान्सकाे निःशुल्क आखाँ तथा दाँत शिविर

Image

काठमाडौं– समृद्धि फाइनान्सले निःशुल्क दन्त तथा आखाँ शिविर गर्ने भएको छ । जेजीएस आई केयर सेनटरसँगको समन्वयमा गरिन लागेको उक्त शिविरमा निशुल्क आखाँ तथा दाँत जाँच र परामर्श सेवा दिइने बैंकले जानकारी दिएको छ ।


शुक्रवार (भोलि) पुतली सडक शंकरदेव क्याम्पस अगाडि उक्त शिविर गरिने बताइएको छ । बिहान ९ बजेदेखि ४ बजेसम्म आयोजना हुने शिविरमा रू. ३५० मा चश्माको फ्रेम र २० प्रतिशत छूटमा लेन्स पाइने बताइएको छ ।

 

Tags: