स्वस्तिक हेल्थ केयर सेन्टरमा प्रभु बैंकका ग्राहकलाई छूट

Image

काठमाडौं – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई ताल्छिखेल, सातदोबाटो, ललितपुरस्थित स्वस्तिक हेल्थ केयर सेन्टरले छूट दिने भएको छ । स्वस्तिक हेल्थ केयरले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका स्वास्थ सेवाहरुमा विशेष छूट प्रदान गर्ने गरी दुई पक्षीय समझदारी भएको हो।

एक कार्यक्रमका बीच स्वस्तिक हेल्थ केयरका अध्यक्ष डा. अमृश थापा र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक स्वस्तिक हेल्थ केयर सेन्टरमा पेश गर्नुपर्ने बताइएको छ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक स्वस्तिक हेल्थ केयरले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र छिट्टै नै आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउने बताइएको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुकालागि स्वस्तिक हेल्थ केयरमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्मको  छूट व्यवस्था रहेको बताइएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

 

Tags: