आइएमई पे र जुनोबीच ‘रिक्वेस्ट टु पे’ कार्यान्वयन सम्झौता

Image

काठमाडौं – मोबाइल वालेट आइएमई पे र फिनटेक कम्पनी जुनोबीच ‘रिक्वेस्ट टु पे (आरटुपीएक्स)’ कार्यान्वयनका लागि रणनैतिक साझेदारी भएको छ । सम्झौतामार्फत नेपालमा रेमिट्यान्ससम्बन्धी समस्या समाधान गर्ने बताइएको छ । यो सहकार्यले वित्तीय समावेशीकरणको दिशामा महŒवपूर्ण उपलब्धी भएको बताइएको छ । नेपाली नागरिकलाई विश्वव्यापी वित्तीय सेवाको पहुँचमा पु¥याउने दाबी गरिएको छ ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले आरटुपीएक्स कार्यान्वयनका लागि जुनोसँग भएको साझेदारीले नेपाली नागरिकलाई सशक्तीकरण गर्ने र उनीहरूलाई विश्वव्यापी वित्तीय सेवामा अझ बढी पहुँच प्रदान गर्ने लक्ष्य राखेको बताए । जुनोको प्रयोगकर्तामैत्री र सुरक्षित प्लेटफर्मले रेमिट्यान्स प्राप्तिलाई छिटो, सजिलो र अधिक पारदर्शी बनाउने उनको भनाइ छ ।

जुनोका संस्थापक बालकृष्ण जोशीले यो सहकार्यले थप समावेशी र सीमाविहीन वित्तीय भविष्यको लागि मार्ग प्रशस्त गर्ने बताए । आरटुपीएक्सले नेपालमा रहेका ग्राहकले रियल टाइममा आइएमई पेमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्ने बताइएको छ ।

 

Tags: