नबिल बैंक र नमस्ते पेबीच सहकार्य

Image

काठमाडौं – नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको  छ । यो साझेदारीले नबिल बैंकका ग्राहकले नमस्ते पेका विभिन्न सेवा उपयोग गर्न सक्ने बताइएको छ । मंगलवार आयोजित एक कार्यक्रमबीच बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेका कायममुकायम प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यसँगै बैंकका ग्राहकले एप्लिकेशनमार्फत वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न  सक्ने बताइएको छ । बैंकले नयाँ नयाँ प्रविधि अपनाउँदै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।

बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पेका प्रयोगकर्ताले लाभ लिन सक्ने अपेक्षा गरिएको बताए । नमस्तेका डेपुटी सीईओ बिजुक्छेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्यका साथ नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न सहकार्यले सहयोग पुग्ने बताए ।

 

Tags: