रामजी ज्ञवाली निर्देशित सर्ट फिल्म ‘लापत्ता सन्तान’को टिजर सार्वजनिक

Image

काठमाडौं– केही दिनअघि मात्र पोस्टर सार्वजनिक गरेको सर्ट फिल्म ‘लापत्ता सन्तान’को निर्माण टिमले यसको टिजर सार्वजनिक गरेको छ । रामजी ज्ञवाली निर्देशित सर्ट फिल्म ‘लापत्ता सन्तान’मा विभिन्न कारणले आश्रम पुगेका वृद्धवृद्धाको कथामा सर्ट फिल्म ‘लापत्ता सन्तान’ निर्माण भएको निर्देशक ज्ञवालीले जानकारी दिए।

फिल्मको लेखन, निर्माण एवं निर्देशन सबै ज्ञवालीकै रहेको छ । टिजरमा आफ्नै छोराबाट आश्रम पु¥याइएकी आमाको कथा देखाइएको छ। जुन पात्रको भूमिकामा रश्मी भट्ट देखिएकी छन्।

यो फिल्ममा रश्मीसहित अर्जुन आचार्य, ओजश्वी विक्रम विष्ट, आशिष पराजुली, सबिना राउत, निलम भट्ट, मनिष प्रीतम निरौला, प्राञ्जल पौडेल, प्रमित प्रसाई र प्रणित प्रसाईको अभिनय छ।

निर्देशक ज्ञवाली सामाजिक विषयवस्तुमा तयार भएको टेलिफिल्मबाट सन्देशसहित फरक अनुभूति प्राप्त गर्ने बताए। उनले आफ्ना अगाडिका प्रोजेक्टबाट भएको सिकाइ, लामो समयको अध्ययन, अनुसन्धान र तयारीका आधारमा फरक खालको फिल्म तयार गरेको बताए।

निरज कंडेलको डिओपी रहेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेकाछन्।

यस्तो छ टिजर

 

Tags: