कोका–कोलाको २.२५ र २ लिटर प्याकको खरिदमा ‘मेगा डिस्काउन्ट अफर’

Image

काठमाडौ – नेपालको सबैभन्दा बढी लोकप्रिय बेभरेज ब्रान्ड कोका–कोलाले गर्मीको अवसर पारेर उपभोक्ताहरूको लागि फेरी अर्को विशेष अफर लिएर आएको छ ।

यो सिमित अवधिको ‘मेगा डिस्काउन्ट अफर’ अन्तर्गत २ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा उपभोक्ताले रु. १९९ को छुट पाउने बताइएको छ । साथै २.२५ लिटरको प्याक भने मात्र रु.२५० मा खरिद गर्न सकिने बताइएको छ, जसको खास मूल्य रु. २७० छ ।  

२ र २.२५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा प्याक परिवार, साथीभाई र अन्य जमघटमा उपभोग गर्न उपयुक्त हुन्छ । उपभोक्ताहरुले नजिकैको खुद्रा बिक्रेता र सुपरमार्केटमा कोक, स्प्राइट र फ्यान्टा खरिद गरि यस मेगा डिस्काउन्टको भरपुर फाइदा उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

 

 

Tags: