प्रभु बैंक र सौराहाका १६ भन्दा बढी होटल तथा रेष्टुरेन्टबीच छूट सम्झौता

Image

काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई भरतपुर भम्रण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहास्थित विभिन्न होटल तथा रेष्टुरेन्टले विभिन्न सेवामा विशेष छूट दिने भएका छन्। ती संस्थासँग छुट्टाछुट्टै समारोहका बिच  बैंकका बागमती प्रदेश, चितवन कल्सटरकी प्रमुख  सांग्रीला श्रेष्ठ र सौराहाका शाखा प्रबन्धक मणि मानन्धरले सम्झौता गरेका हुन्।
 
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा विशेष छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण भरतपुर जिल्ला बिभिन्न प्राकृतिक छटाले भरिपुर्ण रमणिय पर्यटकिय स्थल का रुपमा चिनिन्छ । सौराहा, मेघौली ,कसरा,देबघाटधाम जस्ता रमणिय एवंम धार्मिक क्षेत्रको भ्रमण गर्नेहरुका लागि उपयुक्त गन्तव्यका रुपमा लिन सकिन्छ ।

विभिन्न देश तथा विदेशबाट यस स्थानमा पर्यटकको आगमन हुने गरेको पाइन्छ । विश्वमै अति दुर्लभ एक सिङ्गे गैँडा, बिभिन्न प्रजातीका चराचुरुङ्गि, मृग जस्ता जङ्गली जनावरहरु एवंम वन तथा वन्यजन्तुहरुको आरक्षणको अवलोकन का निम्ति जिपसफारी, हात्तिसफारी र थारु समुदायको बाहुल्यता रहेको यस नगरीमा उनिहरुको सांस्कृतिक,पुरातात्विक एवंम मौलिक किसिमको नृत्य पर्यटकहरुका लागि मुख्य आकर्षणको केन्द्र हो ।
 
सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैँक लि.का कर्मचारीहरुका लागि आवासमा ८ प्रतिशतदेखी १५ प्रतिशतसम्म तथा खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका छूट प्राप्त गर्नसकिने छ । सहभागी होटेलहरुको सुची निम्नअनुसार समावेश छ :

Hotel Aikawa Inn(Four Star Hotel),

Sapana Village Lodge,

Siddartha Villas Banbas,

Chitwan (Hotel Banbas Chitwan ),

Hotel Wildlife Camp,

Park Safari Resort,Chautari Garden Resort, Rhino Lodge and Hotel,

Hotel Royal Safari,

The Park Century Hotel(Villagio Restaurent and Hotel),

Travellers Jungle Camp,

 Hotel  Mirage, Open Sekuwa Corner,

River View Jungle Camp, Himalayan In, Jungle Safari Lodge,

Royal Tiger Luxury Hotel.

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

Tags: