‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’को १७ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
काठमाडौं–विगत १७ वर्षदेखि सौन्दर्य प्रति सचेत नेपालीको रोजाइमा परेको ‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’ले आफ्नो १७औं वार्षिकोत्सव यसपाली पनि फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर गोंगबु आवासमा अवस्थित मानवसेवा आश्रमका ५३ जना अनाथ लक्ष्मीनारायण र साना बालबालिकाको लागि केक काटेर न्यानो कपडा वितरण र बिहानीको मिष्ठान्न भोजन खुवाएर मनाएको बताइएको छ।
साथै फेसियल हाउसले आफ्ना सबै स्टाफ र परिवारका सदस्य , शुभेच्छुकका साथ दिउसो गोंगबुस्थित बिजी व्याक्वेटमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव विशेष कार्यक्रम गरेको थियो ।
सोअवसरमा १७ वर्षदेखि नै निरन्तर साथ सपोर्ट दिँदै सफलताको शिखरमा पुर्याउने २ जना प्रोफेसनल ब्युटिसियन नुतन गिरि र चन्दा घिसिङ, फोटो पत्रकार संचारकर्मी बद्रि थापालाई विशेष सम्मान गरेको बताइएको छ । लामो समयदेखि सेवारत विभिन्न शाखामा अहोरात्र सेवा गर्ने व्यवस्थापक, हेयर डिजाइनर, मेकअप आर्टिष्ट र ब्युटिसियनलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गर्नुका साथै दिवा भोजको आयोजना समेत गरिएको बताइएको छ ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर, काठमाडौं मल सुन्धराको पहिलो तल्ला पसल नं. ११२ र चौंथो तल्ला पसल नं ४०१, बिजी मल,गोंगबू चौंथोतल्ला पसल नं २ र बुद्धमल, माछापोखरी,बालाजु पहिलो तल्ला सहित चारवटा शाखाबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताइएको छ।