३२ भन्दा बढी देशमा सफलता हासिल गरेको जीएसी मोटर्स, अब नेपालमा

Image

काठमाडौं– सीजी मोटर्सले आधिकारिक विक्रेताको रुपमा चिनिने, उत्कृष्ट चिनियाँ अटोमोबाईल ब्राण्ड, जीएसी मोटर्स नेपालमा भित्रिएको छ । विश्वभर उच्च, गुणस्तर र प्रविधिका लागि चिनिने जीएसी मोटर्सले सोही अन्तर्राष्ट्रिय स्तरको गुणस्तर नेपालमा ल्याउनका निमित्त, नयाँ ‘एयोन वाई’ नेपालको बाजार उपलब्ध  गरायको हो ।
 
३२ भन्दा बढी देशहरुमा सफलतापूर्वक विस्तार भईसकेको जीएसी मोटर्सलाई विश्वव्यापी रुपमा अटोमोबाईल उद्द्योगको अग्रगामी मानिन्छ । अनुसन्धान, विकास, प्रविधि, र ग्राहक सन्तुष्टिलाई आफ्नो मेरुदण्ड बनाई जीएसी मोटर्सले दक्षिण–पूर्व एशिया, पूर्वी युरोप, अफ्रिका र अमेरिका समेत विभिन्न क्षेत्रका अन्तर्राष्ट्रिय बजारहरू विक्री वितरण गर्दै आएको छ ।

सुरक्षा र प्रविधिका अत्याधुनिक विशेषता र आकर्षक डिजाइनले सुसज्जित एयोन वाईले नेपाली ग्राहकलाई आरामदायी र दिगो ड्राइभिङ्ग अनुभव दिने कम्पनीको अपेक्षा छ।

 

Tags: