बाढीले दुई करोडको तरकारी बाली क्षति

Image

इनरुवा (सुनसरी) ।  यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रू. दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।     
सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो ।    

‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ,’ प्रमुख सिंहले भने । स्थानीय किसान रामवृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए । बाढीले ५० हेक्टरमा लगाएको रू. एक लाख ८० हजार बराबरको उखुबालीमा क्षति भएको उनले बताए ।     

जिल्लामा आठ हजार एक सय ५३ हेक्टर क्षेत्रफलमा तरकारी खेती तथा पाँच हजार आठ सय ७७ हेक्टरमा उखुखेती गरिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासस  

 

Tags: