अडियो डिस्किृप्टिड सहितको म्युजिक भिडियो ‘सिक्का’ सार्वजनिक

Image

काठमाडौं – ‘व्लाइन्ड रक्स’ नामक संस्थाले दृष्टिविहिन तथा अपांगता भएका व्यक्ति, यौनिक तथा लंैगिक अल्पसंख्यकलाई समेटेर ‘सिक्का’ नामको अडियो डिस्क्रिप्टिड म्युजिक भिडियो सार्वजनिक गरेको छ । जसरी एउटा सिक्काका दुईवटा पाटो हुन्छ त्यसैगरी यो समाजमा रहेका हरेक व्यक्तिको समान सहभागिता विना समाज पूर्ण हुँदैन भन्ने सन्देश सहितको यो म्युजिक भिडियो बजारमा ल्याइएको हो । सो म्युजिक भिडियोेमा रचनाकार संगीतकार निर्देशक, सम्पादक तथा कलाकार दृष्टिविहिन, अपांगता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समावेश गरेर तयार पारिएको छ ।

नेपालको संविधानमा हरेक नागरिकको अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरिएको छ । तर नेपाली चलचित्र म्युजिक भिडियो तथा अन्य डकुमेन्ट्रीले प्रदान गर्ने सूचना र सन्देशबाट दृष्टिविहिन वञ्चित भएको भन्दै व्लाइन्ड रक्स नामक संस्थाले तेस्रो पटक अडियो डिस्किृप्टिड सहितको म्युजिक भिडियो निर्माण गरेको हो ।

म्युजिक भिडियो प्रदर्शनीको आयोजना समारोहमा व्लाइन्ड रक्स नामक संस्थाका संस्थापक तथा अध्यक्ष सृष्टि केसिले म्युजिक भिडियो तथा चलचित्रबाट प्रदान गरिने समाजिक सन्देश र सूचनाबाट दृष्टिविहिन वञ्चित हुनुभनेको सो समुदायले संविधानले ग्यारेन्टी गरेको मौलिक हकको उपभोग गर्न नपाउनु हो भन्दै आगामी दिनमा बन्ने चलचित्र तथा म्युजिक भिडियो दृष्टिविहिनमैत्री बनाउन सरकारलाई आग्रह समेत गरिन् । साथै उनले समाजमा समेत सम्पूर्ण दृष्टिविहिन तथा अपांगता भएका व्यक्तिलाई समावेश गर्नुपर्ने बताइन्।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रीता थापा मगरले समाजमा प्रतिष्ठानले आगामी दिनमा गर्ने हरेक क्रियाकलाप समावेशी किसिमले अगाडि बढाउने बताइन् । कार्यक्रममा यस म्युजिक भिडियोका निर्देशक प्रविन श्रेष्ठले समाजले अझैपनि अपांगता भएका व्यक्तिको क्षमतालाई स्कीकार नगरेको बताउँदै परिवर्तनको सुरुवात हरेक घरघरबाट हुनुपर्ने बताइन् । दृष्टिविहिन तथा अपांगता कुनै व्यक्ति कुन समयमा हुन्छ भन्ने नसकिने भएकोले प्रत्येक परिवारले यो यसलाइ अपनत्व लिएर उनीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउन जरूरी रहेको बताइन् ।

यसैगरी यस म्युजिक भिडियोका सम्पादक मधुसुदन घिमिरेले अडियो डिक्रिप्टिड म्युजिक भिडियो केवल दृष्टिविहिनका लागि मात्र उपयोगी नभएर अन्य समुदायले पनि यसको लाभ लिन सक्ने बताए । कार्यक्रममा व्लाइन्ड रक्सको १०औं वार्षिकउत्सवको अवसर पारेर दृष्टिविहिन रोशनी अधिकारीलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।

 

Tags: