यी हुन् सिटिजन्सले वर्षभरि गरेका वित्तीय साक्षरता कार्यक्रम

Image

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशभरका सातै प्रदेशका शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले चालू आर्थिक वर्षमा १३४ ओटा शाखा कार्यालयबाट वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको सोमवार ९आज० जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । जसअन्तर्गत बैंकले कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरूमार्फत करीब १० हजार जनालाई वित्तीय ज्ञान प्रदान गरेको जानकारी दिएको छ ।

कार्यक्रमअन्तर्गत वित्तीय साक्षरताको अवस्था र डिजिटल बंैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त कार्यक्रमबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र सहभागीहरूमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पनि विभिन्न कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकले देशैभरका ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा एटीएम, ३ विस्तार काउन्टर र ९८ वटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट करीब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Tags: