न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छूट

Image

काठमाडौं – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि ले छूट दिने भएको छ । बैंकले अस्पतालका अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान,न्यूरोसर्जरी,न्यूरोआईसियू,अर्थोप्याडिकसर्जरी,एमआरआई,प्रसुतितथा स्त्री रोग,क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवामा छूट दिने भएको हो ।

अस्पतालका सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका प्रमूख प्रशान्त कुमार झाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले बैंककोे मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा अस्पताललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल निरन्तर स्तरिय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ र आकस्मिक उपचार देखि सघन उपचार लगायतका स्वास्थ सेवाहरु उपलब्ध गराउदै आइरहेको बताइएको छ ।

अस्पतालले विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १० प्रतिशत र प्रभु बैंकका कर्मचारीहरुलाई १५ प्रतिशत सम्मको  छूट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

 

 

Tags: