प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभू समूहको सहयोग

Image

काठमाडौं –  प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  १ करोड ७५ लाख सहयोग गरेको छ । असोज दोस्रो हप्तामा देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्का पीडित एवम् प्रभावित परिवारका लागि सहायता स्वरुप उक्त सहयोग गरिएको बताइएको छ ।

पीडितको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रभु समूह अन्तर्गतका प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, प्रभु क्यापिटल र प्रभु इन्स्योरेन्सका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै सोमवार प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री के.पीे. शर्मा ओलीलाई रु. १ करोड ७५ लाखको चेक हस्तान्तरण गरेका हुन्।

उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा प्रभु समूहको छ । समूहले घाइते नागरिकको सीध्र स्वास्थलाभको कामना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

Tags: