चेम्बर लुम्बिनीको टिम पाल्पामा, बन्दै छ तीनवर्षे रणनीतिक योजना
काठमाडौं – नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको रणनीतिक योजना कार्यशाला पाल्पाको तानसेनमा बिहीवार शुरु भएको छ । चेम्बर लुम्बिनी प्रदेशको भर्खरै अधिवेशन सम्पन्न भएपछी आगामी ३ वर्षका लागि कार्ययोजना तयार पार्न रणनीतिक कार्यशाला आयोजना गरिएको चेम्बरले बताएको छ ।
कार्यशालाको उदघाटन गर्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोसलाल श्रेष्ठले तानसेन सहित सिङ्गो पाल्पाको पर्यटन र व्यावसायिक प्रवद्र्धनका लागि सहयोग गर्न आव्हान गरे । स्वास्थ्य,शिक्षा र व्यवसायका लागि तानसेन ऐतिहासिक हब हुँदा हुँदै पनि पछाडि परेकोमा चिन्ता व्यक्त गरे । पर्यटनका दृष्टिले तानसेनमा अपार सम्भावना रहेकाले पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न आव्हान गरे । बुटवल – पोखरा ६ लेन सडक निर्माण सम्पन्न हुँदासम्म तानसेन र आसपासका पर्यटकीय क्षेत्रमा पर्यटन पुर्वाधार निर्माण गरेर लाखौं पर्यटक भिœयाउन सकिने सम्भावना औल्याए।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले आगामी ३ वर्षभित्र लुम्बिनी चेम्बरले अन्तरराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक,जिल्ला र पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने गरि रणनीतिक योजना बनाउने बताउनुभयो । अघिल्लो कार्यकालमा चेम्बरलाई विस्तार गर्ने अधिकांश काम भएकाले अबको ३ वर्ष उद्योगी, यवसायीको अभिभावक संस्थाको रूपमा विकास गर्ने बताए । चेम्बरले तीनै तहका सरकारसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको भन्दै त्यसका लागि साथ र सहयोग आवश्यक रहेको उनले बताए।
कार्यक्रममा बोल्दै चेम्बर लुम्बिनीका वरिष्ठ उपाध्यक्ष श्रीधर महराले व्यवसायिक हकहितका लागि चेम्बरले कुनै कसर बाँकी नराख्ने बताए । परम्परागत भन्दा भिन्न गतिविधि गरेर यसपाली चेम्बरले आफ्ना गतिविधि गर्ने बताए।
कार्यक्रमलाई सहजीकरण गर्दै प्रशिक्षक मुकुन्द ज्ञवालीले चेम्बर लुम्बिनीले आगामी ३ वर्ष गर्न सक्ने गतिविधिलाई कसरी पृथक बनाउन सकिन्छ भन्ने विषयमा सहजीकरण गर्दै छन् ।
चेम्बर लुम्बिनीको सिङ्गो कार्यसमिती र विभिन्न जिल्ला र नगरकार्यसमितिका अध्यक्षको उपस्थिति रहेको कार्यशालाबाट चेम्बर लुम्बिनी र मातहतका समितिले गर्ने कार्यक्रमको रणनीति बनाइदैछ । सो अवसरमा चेम्बर लुम्बिनीका महासचिव शिव ज्ञवाली, उपाध्याय जे.पि कडेलेले बोलेका थिए।