बालेनको ओलीमाथि आक्रोश, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू’

Image

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरिबन्धुकै जग्गा दिलाउँछौं’ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले थम्थमाउने प्रयास गरेको बताएका छन्। बालेनले सामाजिक सञलमा लेखेका छन्, ‘गिरिबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।’
 
बालेनले यही  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन थालेको उनको आरोप छ । ‘अब बल्ल देश बन्ने भएछ, आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो, तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।’

उनले चेतावनी दिएका छन्, ‘अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

 

Tags: