चालू आवका १० महिना, आयात निर्यात दुवै घट्यो

Image

काठमाडौं - चालू आर्थिक वर्षको १० महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात तथा निर्यातमा कमी आएको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांक अनुसार आयातमा २.३९ प्रतिशत र निर्यातमा ३.६१ प्रतिशतले कमी आएको हो ।

विभागका अनुसार चैतमसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड बराबरको आयात भएको छ । गतवर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोडको आयात भएको थियो । त्यस्तै यो अवधिमा १ खर्ब २६ अर्ब  १७ करोड निर्यात भएको देखिन्छ गत वर्ष सोही अवधिको निर्यात १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबर थियो ।

 

Tags: