नाडा अटो शोमा ‘प्रिमियम सेडान दिपल एल ०७’ ल्याइदैँ
काठमाडौं – चांगान नेपालले ‘प्रिमियम सेडान दिपल एल ०७’ लाई नाडा अटो शोमा सार्वजनिक गर्ने भएको छ । यस अघि सार्वजनिक भएको दिपल एस ०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिम फिचरका कारण ग्राहकले मन पराएको चांगानको औपचारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले बताएको छ ।
दिपल एल ०७ मा ईभी डेडिकेटेड ‘इपीए १ प्ल्याटफर्म’ रहेको र जसमा ९९ किलोवाट क्षमताको एल ०७ मा ६६ दशमलव ८ किलोवाट आवरको ब्याट्री रहेको बताइएको छ । यसले सिंगल चार्जमा ५३० किलोमिटरको रेन्ज दिने बताइएको छ । साथै, क्याबीनको बीचमा १५ दशमलव ६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’, पोजिसन मिलाउन सकिने ‘वेलकमिंग सिट’, बोनोटमा सामान राख्नका लागि ७० लिटरको ‘फ्रंक’ स्पेस रहेको बताइएको छ ।
सुरक्षाका लागि दिपल एल ०७ मा ‘इन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टेलिजेन्ट एडास २ दशमलव ५’, ६ ओटा एअर ब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिंग’, ‘ड्राइभर फ्याटिङ मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रन्सपेरेन्ट च्यासिस’ सहितको ३६० क्यामेरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।