‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांगीतिक अभियान’ हुँदै

Image

काठमाडौं – नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक महासंघले विभिन्न चरणमा देशव्यापी सांस्कृतिक अभियान चलाउने भएको छ । महासंघले आइतवार काठमाडौंमा एक कार्यक्रम गरी अभियानका बारेमा कांग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थासँग सुझाव मागेको हो ।

महासंघले अभियानको शुरूमा ‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांगीतिक अभियान’ गर्ने तयारी गरेको महासंघका अध्यक्ष तीर्थ बहादुर थापाले जानकारी दिए । उनले सांगीतिक अभियानमार्फत पार्टीका गतिविधिलाई सशक्त बनाउने योजना महासंघको रहेको बताए । ‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांगीतिक अभियान’बाट लोकतान्त्रिक सृजनालाई पार्टीको सम्पत्तिको रूपमा स्थापित गर्दै जनता, पार्टी र सांगीतिक अभियानलाई जोड्ने बताए ।

सो क्रममा अन्य वक्ताहरूले अभियानको सफलताको कामना गर्दै पार्टीले समग्र भातृ तथा शभेच्छुक संगठनलाई समान व्यवहार गर्न नसकेको र विभिन्न अवसरबाट वञ्चित गराएको गुनासो गरेका थिए । संगीतिक अभियानले पार्टी जागरणसँगै भातृ तथा शुभेच्छुक संगठनका अधिकारको समेत खोजी गर्नुपर्ने उनीहरूको राय थियो ।

‘विमलराज क्षेत्री एकल लोकतान्त्रिक सांगीतिक अभियान’का स्रजक विमलराज क्षेत्रीले अभियान ७७ ओटै जिल्लामा सञ्चालन हुने जानकारी दिए । ‘यसको विस्तृत योजना तथा क्यालेन्डर हामी छिट्टै सार्वजनिक गर्नेछौं, ’ उनले भने, ‘सम्भवत ः पोखराबाट अभियानको शुरुआत गर्नेछौं ।’

 

Tags: