जापानमा अध्ययन गर्ने विद्यार्थीको समस्या समाधान गर्न इक्यानद्वारा सरकारको ध्यानाकर्षण

Image

काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को प्रतिनिधि मण्डलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ । इक्यान अध्यक्ष शेषराज भट्टराई नेतृत्वको प्रतिनिधि मण्डलले मंगलवार मन्त्रालयका सचिव सुरेश अधिकारीलाई भेटी विविध विषयमा ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

इक्यानले जापानमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीको हकमा जापानिज स्कूल, कलेज तथा विश्वविद्यालयबाट प्राप्त अफर लेटर वा एड्मिसन लेटरको आधारमा एनओसी जारी गर्न मन्त्रालयको ध्यानाकर्षण गराएको महासचिव दिपकराज भुसालले जानकारी दिए । भेटको क्रममा सचिव अधिकारीले सकारात्मक प्रतिकृया जनाएको महासचिव भुसालले बताए ।

इक्यानले सोही ज्ञापनपत्र केही दिन अगाडि तत्कालीन प्रवक्ता शिवप्रसाद सापकोटा लाई पनि बुझाइएको  थियो । भेटमा अध्यक्ष भट्टराई,  महासचिव भुसाल सहित सचिव भवनाथ हुमागाईं, सल्लाहकार महेश कार्की र नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका सदस्य बासु नेपाल सहभागी थिए ।

 

Tags: