दुग्ध किसानको समस्या समाधानमा सरकार गम्भीर छ : कृषिमन्त्री अधिकारी

Image

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध क्षेत्र नेपालको कृषि अर्थ ब्यवस्थाको महत्वपूर्ण क्षेत्र भएको बताएकाछन् । राष्ट्रिय दुग्ध विकास बोर्ड र केन्द्रिय दुग्ध सहकारी संघले शुक्रवार ललितपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कृषि मन्त्री अधिकारीले नीजि र सरकारी दुवैले दुग्ध किसानको रकम भुक्तानी गर्नुपर्नेमा जोड दिँदै दूधको रकम भुक्तानीका लागि डिडिसीलाई सरकारले दिएको ६० करोड रुपैयाँ ऋण दिएको भन्दै सो रकम किसानको हातमा जानुपर्नेमा जोड दिए ।

मुलुकलाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउँदै मन्त्री अधिकारीले दुग्ध किसानले भोगेका समस्याका बारेमा आफू जानकार रहेको र समस्या समाधानमा मन्त्रालय लागि परेको बताए ।
 
मन्त्री अधिकारीले दुग्ध विकास संस्थानलाई व्यावसायिक बनाउने कार्यको सुरुवात भैसकेको बताउँदै यी निकायमा किसानको समेत प्रतिनिधित्व हुने गरि व्यवस्था मिलाउने प्रतिबद्धता पनि व्यक्त गरे । हाल ६४ जिल्लामा १८७५ वटा दुग्ध सहकारी सस्था रहेको र वार्षिक १० अर्ब रुपैयाँको दुधको कारोबार हुने गरेको केन्द्रिय दुग्ध सहकारी संघले जनाएको छ ।

पशु बीमाको सुनिश्चितता नहँुदा पेशालाई निरन्तरता दिन अफ्ठ्यारो परेको ,७ महिना देखिको दूधको रकम भुक्तानी पाउन नसकेको, दधको दिगो बजारको अभाव, अघोषितरूपमा दुग्ध पदार्थको आयात भैरहेको ,सहकारी संस्थालाई उधोग सञ्चालन गर्न कानूनी जटिलता रहेको जस्ता समस्याहरु हाल रहेको कार्यक्रममा दुग्ध किसान तथा दुग्ध सहकारी संस्थाका प्रतिनिधिले बताएका छ्न ।

उनीहरूले दूध संकलनमा सही तथ्यांक राख्न जरूरी रहेको, सहज र सुलभ ब्याज दरमा बंैक तथा वित्तीय संस्थाले दुग्ध किसानमा लगानी गर्नुपर्ने, दुग्ध पदार्थ आयातमा कर बढाउनु पर्ने, कृषिमा दिइने अनुदान किसानकै हातमा पुर्याउनुपर्ने लगायतका सुझाव दिएका छन् । उनिहरूले दुग्ध विकास संस्थानलाई जोगाउन जरूरी रहेको पनि बताए ।

 

Tags: