कृषि विकास बैंकको ५८औं वार्षिकोत्सव सम्पन्न

Image

काठमाडौं । कृषि विकास बैंकले सोमवार आफ्नो ५८औं वार्षिकोत्सव मनाएको छ । बैंकको केन्द्रीय कार्यालय परिसरमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा सहभागी उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय कृषि विकास बैंक अब्बल बैंकका रूपमा आफूलाई स्थापित गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । 

हाल बैंकिङ बजारमा निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुनु चुनौतीको रूपमा रहेको भन्दै उनले पछिल्लो समय समग्र अर्थतन्त्रका सूचक सकारात्मक हुने संकेत देखिएकोले बैंकहरूले पनि कर्जा लगानीलाई थप सर्वसुलभ बनाउन आग्रह गरे ।

सो अवसरमा बैंकले नयाँ वेब साइट समेत सञ्चालनमा ल्याएको बताइएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरूले पछिल्लो समयमा गरेको प्रगति राम्रो भएकोले लगानीको मार्ग प्रशस्त गर्दै अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा बैंकले प्रकाशन गरेको ५८औं वार्षिकोत्सव आर्थिक विशेषाङ्क तथा विगत ४६ वर्षदेखि प्रकाशन भइरहेको साहित्यिक प्रकाशन समष्टिको  विमोचन गरिएको थियो ।
 

Tags: