असार २३ मा सक्सेसको ‘द ग्राण्ड जापान एजुकेशन फेयर’

Image

काठमाडौं–सक्सेस अर्बोड स्टडी काठमाडौंले ‘द ग्राण्ड जापान एजुकेशन फेयर’ गर्ने भएको छ। एक्सेसले असार २३ गते जापानका विभिन्न कलेजका प्रतिनिधिको उपस्थितिमा फेयर आयोजना गर्न लागेको हो । फेयर बागबजार केजी विल्डिङको छैटौं तलामा रहेको एक्सेसको कार्यालयमा हुने बताइएको छ । फेयरमा जापान अध्ययनमा जाँदा गर्नुपर्ने तयारी, भाषाको अवस्था, शीपमो स्तरबारे जानकारी तथा अन्य प्रक्रियाको बारेमा जानकारी दिइने सक्सेसका निर्देशक भवनाथ हुमागाईले जानकारी दिए।

जापानमा प्रविधियुक्त शिक्षा पाइने, सुरक्षित देश, पढ्दै गर्दा पार्ट टाइम जवको व्यवस्था लगायतका सुविधा रहेको कारण पनि जापानमा आकर्षण बढेको उनले जानकारी दिए। फेयरमा विभिन्न छात्रवृत्ति समेत पाइने बताइएको छ ।

जेएलपिटी, जेएलसिटी, म्याट लगायत गरी एनफाइभको सर्टिफिकेट प्राप्त गरेका विद्यार्थीलाई भाषमा शत प्रतिशत र प्लस टुमा २.८ जिपिए प्राप्त गरेका विद्यार्थीलाई भाषमा ५० प्रतिशत छूट दिइने एक्सेसले जानकारी दिएको छ।

 

Tags: