अञ्जना राना मगर ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीको सद्भावना दूत
काठमाडौं । शैक्षिक परामर्शदाता संस्था ड्रिम अन एजुकेसनल कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक अञ्जना राना मगरलाई सद्भावना दूत (ब्रान्ड एम्बेसडर) को रूपमा नियुक्त गरेको छ।
सोमवार एक कार्यक्रमबीच राना मगरलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो । घोषणा कार्यक्रमका प्रमुख अतिथि नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का अध्यक्ष शेषराज भट्टराईले यस्ता सहकार्यले शिक्षा र खेलकुदको महत्वलाई अझ प्रस्ट्याउने बताए। उनले भने, ‘खेलकुदले व्यक्तिको मानसिक र शारीरिक विकासमा सहयोग पु¥याउँछ र यस्तो सहकार्यले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
कार्यक्रममा ब्रान्ड एम्बेसडर राना मगरले आफूलाई यो महत्त्वपूर्ण भूमिकामा चयन गरेकोमा आभार प्रकट गर्दै शिक्षा र खेलकुदको महत्वलाई प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको बताइन्।
त्यस्तै, एशोसियसन अफ लाइसेन्स्ड एकेडेमी कन्सल्ट्यान्ट्स (एल्याक)की सिपा रेग्मी मेहेताले पनि कार्यक्रममा कन्सल्टेन्सीको यो कदमले शिक्षा र खेलकुदलाई सँगै लैजान प्रेरणा दिने बताइन् । प्राइम एजुकेशन सेन्टरका चेयरम्यान तथा म्यानेजिङ डाइरेक्टर दीपक गुरुङले शिक्षा र खेलकुदलाई जोड्न गरिएको यस कदमलाई ऐतिहासिक र उदाहरणीय रहेको उल्लेख गरे ।
उनले कन्सल्टेन्सीले नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याउने यो प्रयासले विद्यार्थीहरूमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गर्दै अञ्जना राणा मगरको सफलताका लागि शुभकामना व्यक्त गरे। ड्रीम अन एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजुकेसन कन्सल्टेन्सी फिल्डका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो।