२११औं भानुजयन्त्तीका अवसरमा रिचमण्ड कलेजमा साहित्यिक संवाद तथा रचनावाचन

Image

काठमाडौं – २११औं भानुजयन्तीका अवसरमा काठमाडौं कलंकीमा रहेको रिचमण्ड इन्टरनेशनल कलेजले साहित्यिक संवाद तथा रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ। हरेक शुक्रवार नियमित रूपमा अतिरिक्त क्रियाकलाप गर्दै आएको कलेजले भानुजयन्तीको पूर्व सन्ध्यामा संवाद तथा रचनावाचन कार्यक्रम राखेको कलेजका उपप्राध्यापक तथा अतिरिक्त क्रियाकलाप संयोजक अशोक सिंह विष्टले जानकारी दिए।

कार्यक्रममा मन्तव्य राख्दै क्याम्पस प्रमुख शैलज नेपालले घाँसीबाट प्रभावित भएर समाजलाई योगदान दिन आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा लेखेको स्मरण गर्दै आदिकविबाट अहिलेको पुस्ताले पनि धेरै कुरा सिक्न सकिने बताएका थिए।

उनले कलेजले अतिरिक्त क्रियाकलाप र विद्यार्थीको क्षमता विकासका कार्यक्रम गर्न प्रयासरत रहने बताए। कक्षामा हुने नियमित पाठ्यक्रमको अध्ययन मात्र पर्याप्त नहुने भएकाले कलेजले विद्यार्थीको क्षमता विकासमा सोही अनुसारको वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्दै विद्यार्थी सोही अनुसार जिज्ञासु र लगनशील बन्न आग्रह गरे।

कार्यक्रम सहभागी तथा विद्यार्थीहरुले रचनावाचन कार्यक्रम गरेका थिए।

 

Tags: