ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छः प्रमुख रेनु दाहाल

Image

चितवन – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताएकी छिन् । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा उनले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गरिन्।

ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताइन्। ‘ठोरी भन्सारलगायत देशका अन्य नाकालाई स्तरोन्ती गर्ने संघीय सरकारले नीति लिएको छ, उनले भने, ‘ठोरी छोटी भन्सारको पनि सम्भाव्यता अध्ययन हुनेछ । ठोरी भन्सारको थप स्तरोन्ती गर्न आवश्यक छ । यसका लागि निरन्तर पहल गर्नेछु ।’

भरपतुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा २ महिनाको बिचमा २ पटक ठोरी आउन पाउदाँ खुसी लागेको प्रमुख दाहालले बताए। भरतपुरबाट ठोरीसम्म आउदा जंगलको सडक कष्टपूर्ण र जोखिम रहेकाले  सडकको स्तरोन्ती गर्न भरतपुर महानगरपालिका सकारात्मक रहेको पनि उनले बताए ।

माडी नगरपालिकासँग भरतपुरको भगिनी सम्बन्ध रहेकाले ठोरी–माडी खण्डको १७ किलोमिटर सडकलाई स्तरोन्ती गर्न ३ पालिकाको संयुक्त बजेटमा निर्माण गर्न सकिने उनको भनाइ छ । यो सडकको स्तरोन्तीका लागि सडक डिभिजन, प्रदेश सरकारसँग बजेटको माग गरिने प्रमुख दाहालले बताइन् । माडी बगईदेखि ठोरीसम्मको सडक जोखिमयुक्त छ । विषेश गरी यो सडक भएर हिड्दा हात्ती, गैँडा, बाघसँग मुठभेट हुने गरेको छ ।

प्रमुख दाहालले भारतबाट ठोरी–माडी हुँदै भरतपुर सहज रुपमा हिँड्न मिल्ने गरी सडक निर्माणका लागि ठोरी गाँउपालिका, माडी नगरपालिका र भरतपुर महानगरबीच छलफल गरिने पनि स्पष्ट पारिन। नेपाल आउने सबैभन्दा धेरै विदेशी पर्यटक भारत, चीन हुँदै अन्य तेस्रो मुलकबाट रहने भएकाले भारतीय पर्यटकलाई मध्यनगर गरी सहज आवगमनको वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भरतपुर भ्रमण वर्ष सफल बनाउन सक्दो पहल गर्ने बताइन्। नेपाल र भारतबीच परापूर्वकालदेखि निकटको सम्बन्ध रहेकाले सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन यस्ता अभियानहरुले सहयोग पुराउने उल्लेख गरे।

अहिले भारतबाट ठुलो संख्यामा भारतीय पर्यटक नेपाल जाने गरेको र भ्रमण वर्षलाई सफल बनाउन विभिन्न सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेम महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मीको उपस्थिति रहेको थियो ।

भरतपुरको पर्यटकीय गन्तव्यको बारेमा भरतपुर महानगरका पर्यटन विज्ञ विश्वराज सुवेदीले प्रस्तुतीकरण गरेका थिए।

 

Tags: