दोलखामा ४ हजार बालबालिकाको मुटु परीक्षण

Image

दोलखा – दोलखाका भीमेश्वर नगरपालिका र शैलुुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण समपन्न भएको छ ।

बुधवार भिमेश्वर नगरपालिकामा शुरू गरिएको शिविरमा विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच शिविरमा विभिन्न विद्यालयमा अध्ययनरत २ हजार ९ सय ८३ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो भने बिहिवार दोलखाको शैलुुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको शिविरमा संलग्न डाक्टर तथा मुटुु रोग विशेषज्ञ प्रेमराज बैद्यले बताए ।

दोलखाको सदरमुकाम चरिकोटमा  विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको बुधवार  चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयमा मुटु परीक्षण गरिएको शिविर आयोजनाको समन्वयकर्ता  दोलखाका बुद्धिजीवि तथा राप्रपाका नेता कुमार कार्कीले बताए । आज बिहिवार दोलखाको शैलुुङमा रहेको शारदा माबिमा आयोजना गरिएको शिविरमा १ हजार ११ जनाको परीक्षणका क्रममा ६ जनामा मुटुुमा समस्या देखिएको र तिन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको डाक्टर बैद्यले बताए।

चरिकोट र शैलुुङमा गरि मुटुु परीक्षण शिविरका  क्रममा १ सय ७८ जनाको इको गरिएको थियो ।  जसमध्ये मुुटुको समस्या  १२ जना बालबालिकामा गम्भीर मुटु रोगको समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निःशुल्क उपचार गरिने अन्नपुर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिए ।

अन्नपुर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चिनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो । मुटु शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञबाट मुटुको निशुल्क सामान्य जाँच तथा इको समेत गरिएको थियो । शिविरको सम्पूर्ण व्यवस्थापकीय कार्य राप्रपाका केन्द्रीय साहायक कोषाध्यक्ष तथा समाजसेवी सोभित उप्रेतीले गरेका थिए । शिविरमा मुटुु परीक्षणमा संलग्न चीनमा रहेको फुवाई युनान कार्डियोभास्कुलर अस्पतालका डाक्र लु जियाङले नेपालमा अन्य देशमा जस्तो मुटुका रोगि बालबालिका नभेटिएको प्रति खुसी व्यक्त गरे । शुक्रवार शिविर सिन्धुपाल्चोकमा सञ्चालन हुने पनि अन्नपुर्ण न्युरो अस्पतालका डाक्टर समिर आचार्यले बताए।
तस्बिर ः दोलखाको शैलुुङमा रहेको शारदामा मुटु परीक्षण गर्दै  चिनियाँ डाक्टर टोली ।

 

Tags: