समीक्षा र रुचिको ‘डेटिङ हान्ने हो, हुक्का तान्ने हो’ सार्वजनिक

Image

काठमाडौं,– गायिकाद्वय समिक्षा अधिकारी र रुचि घिमिरेको स्वरमा नयाँ नेपाली गीत ‘डेटिङ हान्ने हो, हुक्का तान्ने हो’ सार्वजनिक भएको छ ।  ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतको लिरिक्स रिता आचार्य र संगीत विशाल निरौलाको छ । 

गीतको छायांकन अजय रेग्मीले गरेका छन् भने सम्पादन प्रवीण भट्टले गरेको बताइएको छ। राजिव समरले निर्देशन गरेको गीतको भिडियोमा करिश्मा ढकाल र रिता आचार्य प्रमुख भूमिकामा देखिएका छन्। भिडियोको मेकअप एस. बुढाथोकीले गरेका छन् भने वस्त्र डिजाइनर अनुस्का बी.सी. ले गरेकी छिन्। गीतमा आर्टको काम जटा शंकर गोसाईंले गरेका छन्।

गीतको लागि यहाँ क्लिक गर्नुहोस्.....
 

Tags: