शान्तिश्रीको तीज गीत ‘लाग्छ कि लाग्दैन भिसा बरिलै’

Image

काठमाडौं – लोकप्रिय गायिका शान्तिश्री परियारको आवाजमा रहेको नयाँ तीज गीत ‘लाग्छ कि लाग्दैन भिसा बरिलै’ सार्वजनिक भएको छ । नेपाली लोक संस्कृतिको मौलिकता झल्काउने प्रयासका साथ निर्माण गरिएको हो, यो गीतमा विदेशतिर आकर्षित भइरहेका नेपाली चेलीको कथा प्रस्तुत गरिएको छ ।

नारायण रेग्मीको शब्द रहेको गीतमा लक्ष्मण पोखरेलले संगीत भरेका छन्। गीतलाई आकर्षक बनाउने उद्देश्यले अशोक थापाले संगीत संयोजन गरेका छन्। यसका साथै, डीपता तामाङ, अप्सु योगी, र झुमा लिम्बुको स्वरले कोरसलाई थप सुन्दर बनाएको छ। गीतको अडियो रेकर्डिङ राजेश श्रेष्ठले गरेका छन् भने किशोर थापाले मिक्स÷मास्टरिङ गरेका छन्। यो सबै काम “ए वान म्युजिशियन“ स्टुडियोमा गरिएको हो।

भिडियोमा ऋचा थापा, सुनिता थापा, र कुम्बा बुढा कुनवरको अभिनय रहेको छ। भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका छन्, जसमा उनीहरूले आमा र छोरीबीचको वार्तालापलाई तीजको सन्दर्भमा प्रस्तुत गरेका छन्। भिडियोको सम्पादन तथा रङ्ग संयोजन मिन रावलले गरेका छन् भने छायांकन उत्सव दाहाल र उनको टिमले गरेका छन्। राहुल बराइलीले कोरियोग्राफी गरेका छन्।

गीतको निर्माणमा मुख्यतः मदन पराजुली, कुम्बा बुढा कुनवर, दीपक बाबु थापा, अंकित आचार्य, महेश खनाल, आदित्यदेव रुपाखेती र आशिषदेव रुपाखेतीले विशेष योगदान दिएका छन्। भिडियोको पोष्ट–प्रोडक्शन जनत डिजिटल प्रा.लि.ले गरेको हो।

यो तीज गीतले नेपाली लोक गीत प्रेमीहरूको मन जित्ने अपेक्षा राखिएको छ। युट्युबमा मात्र १४ घण्टामा ३२,००० भन्दा बढी भ्युज प्राप्त गरेको यो गीतले श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

गीतले विशेषगरी विदेश जाने रहर र नेपालमा रहेका नेपाली चेलीहरूको भावनालाई उजागर गर्ने प्रयास गरेको छ। दर्शकहरूले गीतको मौलिकता र सांस्कृतिक पक्षलाई माया गरिदिनु हुन गीतका निर्देशक कृष्णदेव रुपाखेतीले आग्रह गरेका छन्।

यस्तो छ गीत..................

https://www.youtube.com/watch?v=Vo9mhyozTqc

 

Tags: