प्रहरी कार्यालयलाई कृषि विकास बैंककाे सहयोग
काठमाडौं । कृषि विकास बैंकको मेलम्ची शाखाले सोमवार इलाका प्रहरी कार्यालय, मेलम्ची सिन्धुपाल्चोकलाई सिसिटिभि सहयोग गरेको छ । मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागू औषध सेवन, लगायत विभिन्न वित्तीय अपराध जस्ता कार्यको निगरानीमा सहयोग गर्र्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।
सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, उपमहाप्रबन्धक शुसिल हुमागाईं, बागमती प्रदेश निर्देशक चन्द्रसिंह थापा, मेलम्ची शाखाका प्रबन्धक प्रज्वल भट्टराई लगायतको उपस्थिति थियो भने इलाका प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक कुमार चौलागाईं उपस्थित थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गुरुङले बैंकको नियमित सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागी हुन पाउँदा बैंक गौरवान्वित भएको बताए । बैंकले ग्रामीण क्षेत्रमा कर्जा लगानी गरी विकट क्षेत्रका जनताको कर्जा आवश्यकता पूरा गरी कृषि उत्पादनमा सकारात्मक योगदान दिएको बताए ।