डेङ्गु रोक्न बराह क्षेत्र नगरपालिका २४ घण्टा हाई जारी

Image


बराहक्षेत्र/ वर्षायाममा नगरवासीमा हुन सक्ने डेङ्गुको प्रकोप रोक्न बराहक्षेत्र नगरपालिकाले २४ घण्टा हाई अलर्ट जारी गरेको छ । बुधवार नगरपालिकाको कार्यालय गरिएको एक दिने ’डेङ्गु सार्ने लामखुट्टेको बासस्थानको खोजी र लार्भा नष्ट गर्ने सरोकारवालाको सहभागितामा अभिमुखीकरण’कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश कार्कीले वर्षाको मौसममा डेङ्गुबाट हुन नगरवासीको स्वास्थ्यमा हुन सक्ने  प्रतिकुलतामा नगरपालिका गम्भीर भएको भन्दै नगरको स्वास्थ्य शाखालाई उच्च सतर्कतामा राखिएको  बताएका छन् ।

हामीले नगरको तर्फबाट रोग नियन्त्रणमा नगरवासीलाई सचेत रहन आग्रह गरे ।  थोरै सावधानी अपनाए डेङ्गुबाट बच्न सकिने तर लापरबाही नगर्न मेयर कार्कीले अनुरोध गरे । नगरका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कटुवालले डेङ्गु सचेतनाको भोलिबाट नै अभियान थालिने बताए ।

कार्यक्रममा सहजकर्ता सेव द अर्थ ( विश्वास प्रोजेक्ट) कार्यक्रम संयोजक मनिष सुवेदीले डेङ्गुबाट बच्न सकिने सबैभन्दा सजिलो उपाय भनेको घर  वर सफा पानी जम्न नदिनु भएको बताए । हालसम्म डेङ्गुको कुनै एकिन उपचार नभएकोले  ज्वरो र जिउ दुख्ने औषधिले रोग ठिक हुने भएपनी लापरबाही गरे  ज्यानसमेत जान सक्ने बताए ।

कोशी प्रदेशको सवैभन्दा बढी डेङ्गु प्रभावितमा सुनसरी जिल्लाको धरान र इटहरी उपमहानगर पालिकापछि बराहक्षेत्र नगरपालिका तेस्रो सबैभन्दा बढी प्रभावित रहेको पाइएको प्रोग्राम कोअर्डिनेटर  मनिष सुवेदीले बताए ।

सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरिएको कार्यक्रममा जिल्ला जन स्वास्थ्य प्रमुख पुजा कार्की नगरको स्वास्थ्य शाखा, नगर अस्पताल, चतरा अस्पताल, प्रकाशपुर मधुवनबाट स्वास्थ्यकर्मी, स्वयंसेविका नागरिक समाज लगायत विभिन्न वडाका अध्यक्ष रोशन खड्का, कपिल आचार्य र रोहित काफ्ले लगायत  नगारिक समाज  का प्रतिनिधि सहभागी रहेको सेव द अर्थ( विश्वास प्रोजेक्ट)कार्यक्रम सुपरभाइजर प्रवेश रिजालले बताए ।

अभिमुखीमा सहभागीहरु नगरपालिकाको वडा वडा ५ अध्यक्ष रोहित काफ्ले , वडा ७ अध्यक्ष कपिल आचर्य र ८ अध्यक्ष रोशन खडका यस्तै  नगर अस्पताल इन्चार्ज पृथ्वी चन्द भगत, प्रमोद यादव, चतरा अस्पतालका निमित्त कार्यालय प्रमुख स्वास्थ्यकर्मी  योगेन्द्र कट्टेल लगायत  डेङ्गु नियन्त्रण गर्न सबैले नगरपालिकालाई सहयोग गर्ने बताउदै रोग सचेतनाको लागि पर्ने बताए ।

नगरप्रमुख रमेश कार्कीको अध्यक्षता भएको कार्यक्रमको संचालन नगर जन स्वास्थ्य निरीक्षक उमेश मेहताले गरेका थिए ।

 

Tags: