रोटरी क्लब अफ गोंगबुको ‘जोइन्ट क्लब एसेम्ली’ तथा स्थापना दिवस सम्पन्न

Image


काठमाडौं – रोटरी क्लब अफ गोंगबुको ‘जोइन्ट क्लब एसेम्ली’ तथा क्लबको नवौं स्थापना दिवस बिहीवार काठमाडौंमा सम्पन्न भएको छ । रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटानका एसिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर (एजी) डा. विष्णु प्रसाद गौतम र इन्कमिङ एसिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर प्रविण भट्टराईको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एजी गौतमले रोटरीका क्रियाकलाप सामाजिक सेवा लक्षित हुने हुनाले क्लबका सदस्यको सक्रियता र योजनामा ध्यान दिनुपर्ने बताए । इन्कमिङ एजी भट्टराईले रोटरी सदस्यको नेतृत्व विकासको प्लेटफर्म पनि भएकोले सबै सदस्यले आफूलाई जिम्मेवार भएर प्रस्तुत हुन सुझाव दिए । क्लबका पूर्व अध्यक्ष कविता मानान्धरले रोटा एयर २०२३–२४ मा सम्पन्न भएका गतिविधिको बारेमा जानकारी दिएकी थिइन् । क्लबको अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

Tags: