प्रभु बैंक र टी थ्री थकाली एण्ड मल्टी कुजिन तथा साइनो तन्दुरी एण्ड सेकुवा कर्नरबीच सम्झौता

Image

काठमाडौं – प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै रहेको टी थ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टीथ्री थकाली ग्रुप प्रा.ली.का अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र बैंकका बागमती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाईले  हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधामा १० प्रतिशत छूट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

दैनिक लाखौंको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी थ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्वारको पूर्वपट्टिको लाइनमा आºनो २४ घण्टे सेवा संचालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि टी थ्री थकाली एण्ड मल्टी कुजिनमा एथेन्टिक थकाली खाना को स्वाद लिन सक्नेछन् भने साइनो तन्दुरी एण्ड सेकुवा कर्नर कर्नरमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

साथै,लण्डन स्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि इयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

Tags: