रक्षा नेपाललाई सिटिजन्स बैंकको सहयोग

Image

काठमाडौं – सामाजिक सेवामा क्रियाशिल रक्षा नेपाललाई सिटिजन्स   बैंक   इन्टरनेसनल   लिमिटेडले सहयोग गरेको छ । यौन शोषणमा परेका बालिका, महिला, उनीहरूका बालबालिका, विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाका लागि कानूनी सहयोग गर्दै आएको रक्षा नेपाललाई बैंकले सहयोग गरेको हो ।


बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले दैनिक उपभोग्य खाद्यान्न लगायत अन्य आवश्यक सामग्री संस्थालाई हस्तान्तरण गरेका हुन् । संस्थागत   सामाजिक   उत्तरदायित्व   कार्यक्रमअन्तर्गत   सामाजिक,   आर्थिक,   सांस्कृतिक,   शैक्षिक लगायत क्षेत्रमा   सकारात्मक   परिवर्तन   ल्याउन विभिन्न   कार्यक्रम   संचालन   गर्दै   आएको   बैंकले   आगामी   दिनमा पनि   यस्ता   कार्यक्रम   गर्ने   योजना   रहेको   बताइएको   छ ।

 

Tags: