महिला आर्थिक पत्रकारका लागि पूँजी बजारसम्बन्धी विशेष प्रशिक्षण सम्पन्न

Image

काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्ड (सेबोन) र महिला आर्थिक पत्रकार संघ (फेजा) को सहकार्यमा महिला आर्थिक पत्रकारका लागि एक दिने पूँजी बजारसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम  काठमाडौँको  सम्पन्न भयो।

कार्यक्रमको प्रारम्भमा फेजाका अध्यक्ष शर्मिला ठकुरीले सहभागीहरूलाई स्वागत गर्दै पूँजी बजारको बृद्धि र लगानी सुरक्षामा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले महिला पत्रकारहरूको क्षमता विकास गर्न यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै नेपालमा आर्थिक पत्रकारिताको स्तर उकास्न पत्रकारहरूको प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कार्यकारी निर्देशक डा. नवराज अधिकारीले कार्यक्रमको उद्घाटन गरे। उनले पूँजी बजारको विस्तारमा समावेशी सहभागिताको महत्त्वबारे जोड दिँदै महिला पत्रकारहरूको भूमिकालाई विशेष मान्यता दिए। उनले भने, “सबल र समर्पित पत्रकारिताले बजारको पारदर्शिता र विश्वसनीयता बढाउन महत्वपूर्ण योगदान दिन्छ।“

नेपालको स्टक मार्केट र क्ःभ्क (साना तथा मझौला व्यवसाय) बजार प्लेटफर्म विषयमा सेबोनका कार्यकारी निर्देशक श्री अन्जु रिमालले प्रशिक्षण दिए। उनले क्ःभ्क का लागि पूँजी बजार प्रवेशका अवसर र चुनौतीहरूको विश्लेषण गर्दै नेपालमा यसका विकासका सम्भावनाहरूबारे विस्तृत प्रस्तुति गरे।

पूँजी बजारमा मौलिक विश्लेषण (ँगलमबmभलतब िब्लबथिकष्क) मा सेबोनका निर्देशक श्री सुरज पराजुलीले लगानी निर्णयलाई प्रभाव पार्ने आर्थिक संकेतकहरूको महत्व र मूल्याङ्कनका विधिहरूबारे जानकारी गराए। उनले लगानीका लागि उचित रणनीतिहरू अपनाउन मौलिक विश्लेषणको भूमिका महत्त्वपूर्ण हुने बताए।

सेकेन्डरी बजार संरचना र बुक बिल्डिङ प्रक्रिया मा सेबोनका सहायक निर्देशक श्री अंबिका प्रसाद गिरीले प्रस्तुति दिए। उनले सेकेन्डरी बजारको काम गर्ने प्रक्रिया, लगानीकर्ताका अधिकार, र बजारको नियमितता सुनिश्चित गर्न अपनाइने विधिहरूबारे जानकारी गराए।

कार्यक्रमको अन्तिम सत्रमा, नेपाल धितोपत्र बोर्डका निर्देशक श्री निरञ्जन फुयालले सेबोनको नियमनकारी भूमिका, निगरानी प्रक्रिया, र लगानीकर्ताको सुरक्षाका प्रयासबारे स्पष्ट पारे।

तालिममा सहभागी महिला पत्रकारहरूले पूँजी बजारसँग सम्बन्धित विभिन्न विषयमा जिज्ञासा राखे। बजारको पारदर्शिता, सेबोनको निगरानी क्षमता, साना लगानीकर्ताका जोखिम न्यूनीकरणका उपाय, र बजारको दीर्घकालीन स्थायित्वका विषयमा भएका छलफललाई सहभागीहरूले फलदायी माने। सेबोनका अधिकारीहरूले सबै प्रश्नहरूको विस्तृत जवाफ दिंदै पूँजी बजार सुधारका लागि थप नीतिगत संरचनाहरू निर्माण भइरहेको जानकारी गराए।

कार्यक्रमको अन्त्यमा फेजाका उपाध्यक्ष रूपा घिमिरेले समापन गर्दै सेबोनसँगको सहकार्यका लागि धन्यवाद व्यक्त गरिन्। उनले महिला आर्थिक पत्रकारितामा यस्ता तालिमहरूले दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गर्दै, महिला पत्रकारहरूलाई पूँजी बजारमा थप सशक्त र जानकार बनाउन निरन्तर सिकाइको आवश्यकता रहेकोमा जोड दिइन्।यस कार्यक्रमले महिला पत्रकारलाई पूँजी बजारको बृहत् कार्यप्रणाली, नियमन प्रणाली, र लगानी सुरक्षाका उपायहरूबारे सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्न सफल भएको छ।

 

Tags: