विष्णुमतीले पाइन् ह्वीलचियर

Image

काठमाडौं– पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी असेर्दी सगाहामा बस्दै आएकी विष्णुमती बस्यालले ह्वीलचियर पाएकी छिन्। हिँडडूल गर्न नसक्ने बस्याललाई न्यूजिल्याण्डमा बस्दै आएका शिवराज खरेलको सहयोगमा उक्त ह्वीलचियर सहयोग गरिएको हो ।

ह्वीलचियर समाजसेवी तथा कांग्रेस युवा नेता किशोर पंगेनीले बस्याललाई हस्तान्तरण गरेका हुन् । सहयोगको लागि अभियान्ता भीम उपाध्याय र नारायण डुम्रेले सहजीकरण गरेका थिए। सहयोग पाएपश्चात् खुशी व्यक्त गर्दै बस्यालले सहयोगको लागि धन्यावाद दिएकी थिइन्। अभियान्ता उपाध्यायले हिँडडुलमा केही सहजता होस् भनेर सहयोग गरिएको बताए।

 

Tags: