सुन तोलाको डेढ लाख

Image

काठमाडौं – सुनको भाउले  बढेर डेढ लाख नजिक पुगेको छ । बुधबार प्रति तोला २ हजार रुपैयाँले बढेर मूल्यले कीर्तिमान कायम गरेको छ ।  मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Tags: