जाइस् अप्टिक्स भएको भिभो भि४० सार्वजनिक

Image

काठमाडौं – विश्व प्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले भिभो–भि४० सार्वजनिक गरेको छ । जाइस्सँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भि४० व्यावसायिकस्तरको पोट्रेट सिस्टमसहितको यो नवीनतम स्मार्टफोनले मोबाइलबाट लिइने पोट्रेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पु¥याउने गरी डिजाइन गरिएको बताइएको छ । यसबाट प्रयोगकर्ताले चलचित्र गुणस्तरका शानदार पोट्रेट र भिडियो खिच्न सकिने बताइएको छ।

भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भि४० मा उच्च ’थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भि४० व्यावसायिक–स्तरको पोर्ट्रेट फोटोग्राफीको लागि तयार पारिएको हो, जसले भिभोको र जाइस्द्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको कम्पनीको भनाइ छ ।

भिभो भि४० फोटोग्राफी क्षमताका लागि मात्र नभइ आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेकोे छ । थ्रीडी कर्भ स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री भएको रहेको यो फोन ७.५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो । यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लो भन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ । जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ’लुक्स’ थप राम्रो देखिएको छ । निलो र सेतो मिसिएको चन्द्रमा रङ्गको सेतो, र बैजनी रङ्गको नेबुला पर्पल गरी दुई आकर्षक रङ्गहरूमा मोबाइल उपलब्ध हुने छ । जसमा एजि फ्लोराइट शिमर र एन्टी–फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।

क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा संचालित, भिभो भि४० मा १२ + १२ जि बी को विस्तारित ¥याम रहेको छ, जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूको लागी ठुलो मेमोरी स्पेसको लागी सहज हुन्छ । आवश्यक पर्दा छिट्टो चार्ज गर्न मिल्ने यसमा ५५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ, जसलाई प्रयोगकर्ताहरू लामो समयसम्म मोबाइल चलाउन सक्छन् । यसमा आईपि ६८ र ६९ रहेकाले धूलो र पानीबाट समेत जोगाउँछ, जसले गर्दा विभिन्न वातावरणमा टिकाउपनको सुनिश्चितता रहन्छ ।
यति मात्र होइन – ६५,९९९ मूल्यमा बजारमा आएको यो फोनको लागी प्री–बुक गर्दा पाइने उपहारले समेत यसलाई थप आकर्षक बनाउने छ । प्री–बुक गर्ने ग्राहकहरूलाई एक सेट इयरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टि पाउने छन् । प्री–बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने छ । पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरु हुनेछ । भिभो भि४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ ।

 

Tags: