हिमाल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई छूट

Image

काठमाडौं – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई काठमाडौको ज्ञानेश्वरस्थित हिमाल हस्पिटलले छूट दिने भएको छ । हस्पिटल र बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको हो ।

एक समारोहका बीच हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकाल ले समझदारी पमा हस्ताक्षर गरेका छन्। समारोहमा बैंकका बजार व्यवस्थापक म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हस्पिटलका मुख्य प्रशासन अधिकृत राजेन्द्र केसीको समेत उपस्थिति थियो ।

सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् । छूट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सन् १९७८ मा विराटनगरमा स्थापित थापा नर्सिङ्ग होम पछि सन् १९८८ मा ज्ञानेश्वर, काठमाण्डौ मा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो । हिमाल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि मा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

 

 

Tags: