आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

Image

आथ्र्रोस्कोपी सर्जरी भनेको दुरविन पद्दतिबाट विभिन्न जोर्नीको रोग पत्ता लगाउने प्रक्रिया तथा उपचार पद्दति हो । सानो सानो प्वाल पारेर दूरबिनको सहयोगमा जाँच्ने र जाँच्दा देखिएका रोगको उपचार गर्ने प्रविधिलाई आथ्र्रोस्कोपी भनिन्छ । यो अङ्ग्रेजीबाट आएको शब्द हो । आर्थो भनेको जोर्नी र  स्कोपी भनेको  क्यामेरा वा दुर्बिनको साहाराले हेर्नु, त्यसैले क्यामेरा वा दुर्बिनको साहाराले सानो प्वाल पारेर जोर्नीको रोगको निदान तथा उपचार गर्ने विधीलाई आर्थ्रोस्कोपी प्रविधि भनिन्छ ।

प्रायः यो घुँडा (नी), कुम (सोल्जर) गोलीगाँठो (एन्कल)को गरिन्छ । आर्थोस्कपिक प्रविधिद्वारा मानव शरीरमा भएको जोर्नी जस्तै, घुँडा, कुम, कुहिनो, नितम्ब, खुट्टा र नाडीको जोर्नी भित्रको रोगको निदान र उपचार गर्न सम्भव हुन्छ । नेपालमा भने  घुँडाको र कुमको  उपचारमा यो प्रविधिको प्रयोग हुने गरेको छ ।

खेलको क्रममा वा विभिन्न चोटपटक लाग्दा घुँडाको भित्री भागको (लिगामेन्ट) नशा तथा तथा वासर (मेनिस्कस) हरु च्यातिएको खण्डमा यो पद्दतीबाट नयाँ नशा (लिगामेन्ट) बनाउने तथा च्यात्तिएको वासर (मेनिस्कस)लाई टाँका लगाएर उपचार गर्ने दुरवीन पद्दतिलाई आथ्र्रोस्कोपी सर्जरी भनिन्छ । घुँडाको आथ्र्रोस्कोपी सर्जरी गर्दा विरामीलाई बेहोस बनाउनु पर्दैन । ढाडमा सुई दिएर (स्पाइनल एनेस्थेसिया) खुट्टा लठ्याएर सानो प्वाल बनाई यो सर्जरी गरिन्छ । र कतिपय विरामीले त सर्जरीको क्रममा उक्त भिडियो हेर्दै गरेका पनि हुन्छन् ।

यो च्यात्तिएको लिगामेन्ट ( वा नशा) लाई सानो प्वाल पारेर दुरविनको माध्यामबाट सर्जरी गर्ने उपचार विधि हो । धेरै बिरामी खेलाडी, बाइकर, आर्मी प्रहरीका हुने गरेका छन् । विकसित देशबाट शुरू भएको यो सर्जरीले हाम्रो देशमा यो अवस्थासम्म आइपुग्न विभिन्न प्रकारका वाधा अवरोध पार गरेको हो ।

यसका उपकरणहरु तुलनात्मक रूपमा महंगो हुने तथा चिकित्सकले पनि यो सर्जरी सिक्नका लागि थप तालिम लिनुपर्ने भएकाले केही समय ढिलामात्र यो सर्जरीले विकसित रूप लिएको हो । ठूलो चिरफार नगरी सानो प्वाल बनाएर सर्जरी गर्ने हुनाले सर्जरी पश्चात दुखाई पनि कम हुने, घाउ पनि चाँडो निको हुने र बिरामी पनि चाँडै स्वस्थ्य भएर फर्किने गरेका छन् ।

यो सर्जरी पश्चात फिजियोथेरापी तथा व्यायामको ठूलो भूमिका रहन्छ । ग्राण्डीमा पछिल्लो समय यस सर्जरी गर्ने बिरामीको संख्या बढेको छ । पटक पटक कुम खुस्कने तथा कुमका अनेक समस्या भएका बिरामी पनि यो सर्जरीबाट लाभान्वित भएका छन् ।

आथ्र्रोस्कोपी सर्जरी गरेका बिरामी नौ महीनादेखि १ वर्षमा प्रोफेसनल स्पोर्टमा फर्केका उदाहरण धेरै मात्रामा छन् । नेपालमा यो सर्जरी एक दशक अगाडि नै भित्रिए पनि विगत केही वर्षदेखि यसले तीव्र रुप लिएको छ । घुँडाको लिगामेन्ट च्यात्तिएका कतिपय विरामीहरुले वास्ता नगरी बस्दा भविश्यमा घुँडा चाँडै नै विग्रने, घुँडा खिइने तथा पछि दुखाई लिएर बस्नुपर्ने हुन्छ । यस्ता विरामीले समयमै उपचार गर्दा घुँडा विग्रिने प्रक्रियाबाट जोगाउन सकिन्छ ।

तुलनात्मक रुपमा विदेश भन्दा यो सर्जरी नेपालमा धेरै नै सस्तो हुने गरेको छ । ग्राण्डीमा घुँडा तथा कुमको सबै प्रकारको आथ्र्रोस्कोपी सर्जरी गरिन्छ ।
(डा मिश्र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका वरिष्ठ आथ्र्रोस्कोपी तथा आथ्र्रोप्लाष्टिक सर्जन हुन्)

 

Tags: