ग्रिनहिलसिटीमा वृक्षरोपण कार्यक्रम सम्पन्न

Image

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत पर्ने वडा नम्बर ६ स्थित नेपालकै ठूलो आवासीय कोलोनी ग्रिनहिल सिटीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

४ सय रोपनी जग्गामा पैmलिएको करीब ८ सय घर क्षमता रहेको कोलोनीभित्र घर बन्न बाँकी रहेका भिरालो जमीनमा वृक्षरोपण कार्यक्रम गरिएको हो । कोलोनीको दक्षिणतर्पm रहेको खाली र भिरालो जमीनलाई ह्यांगिङ गार्डेनको नामाकरण दिएर आर्कषक हरियाली क्षेत्र निर्माणका हेतु विभिन्न किसिमका फलपूmलसँगै विभिन्न बिरुवा रोपिएको नेपाल इञ्जिनियरिङ परिषद्का पूर्व अध्यक्ष तथा कोलोनीका नागरिक समाजका अग्रज डिल्लीराम निरौलाले बताए ।

उक्त कार्यक्रम ग्रिनहिल सिटी समाज, ग्रिनहिल सहकारी र उक्त आवासीय क्षेत्रमा बसोबास गर्ने व्यक्तित्वको सहभागितामा भएको थियो । यसअघि पनि विभिन्न चरणमा ग्रिनहिलका अन्य संरचना निर्माणका लागि प्रयोगमा नआएका भिराला र खुल्ला क्षेत्रमा समेत वृक्षरोपण गर्दै आएको वरिष्ठ बालरोग विशेषज्ञ डा.गोविन्दप्रसाद ओझा बताए ।


ह्यांगिङ गार्डेनसँगै नन्दन बाटिका, भेटघाट चोक, कफी पार्क लगायतका स्थानमा पनि वृक्षरोपण गरेर त्यसलाई हरियाली र आर्कषक स्वरुप दिइएको छ । वरिष्ठ साहित्यकार तथा ग्रिनहिल सिटि आवासका अग्रज पोषरमण चापागाईले आगामी दिनमा आवासका अन्य क्षेत्रमा पनि वृक्षरोपण गर्दै जाने कुरा बताए ।

 

Tags: